You are viewing the translated version of बिकिरणबाट संरक्षण.
Section 29
बिकिरणबाट संरक्षण
(१) नियमनकारी निकायले कुनै अभ्यास, क्रियाकलाप वा संयन्त्र सञ्चालन गर्न इजाजतपत्र दिनुभन्दा अघि पूरा गर्नु पर्ने रेडियोधर्मी स्रोतको संरक्षण गर्ने सम्बन्धी शर्तहरु निर्धारण गर्नेछ।
(२) कृषि, पशु, उद्योग र चिकित्सा सेवा सम्बन्धी अभ्यास, क्रियाकलाप वा संयन्त्र सञ्चालन गर्नको लागि उपदफा (१) बमोजिम रेडियोधर्मी स्रोतको संरक्षण गर्ने सम्बन्धमा निर्धारण गरिएका शर्तहरूका अतिरिक्त नियमनकारी निकायले देहायका शर्तहरु समेत तोक्नेछः- (क) रेडियोधर्मी स्रोत प्रयोगकर्ताको आवश्यक योग्यता र तालीम,
(ख) रेडियोधर्मी स्रोत प्रयोग गर्ने व्यक्तिहरुको संरक्षणको लागि अपनाउनु पर्ने उपायहरु,
(ग) अभ्यासको औचित्यता र संसर्गको अप्टीमाइजेसन लगायत बिरामीको संरक्षण गर्नको लागि अपनाउनु पर्ने उपायहरु,
(घ) रेडियोधर्मी स्रोतको डिजाइन र सञ्चालन सम्बन्धी मापदण्डहरु,
(ङ) रेडियोधर्मी स्रोतहरुको सुरक्षा र संरक्षणको लागि अपनाउनु पर्ने उपायहरु,
(च) चिकित्सकले सिफारिस गरेकोमा बाहेक विकिरणका स्रोतको प्रयोग गरी कुनै बिरामीको स्वास्थ्य परीक्षण गर्न, बिरामीलाई चिकित्सा सेवा प्रदान गर्न वा रोगको निदान वा उपचारको काम गर्न, गराउन नपाउने सम्बन्धी व्यवस्था।
(३) रेडियोधर्मी स्रोतको संरक्षणका शर्त सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।